arrow

खसी बोकाको मासु प्रतिकिलो छ सय रुपैयाँ मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
Chyangra_Khasi_Dashain.jpg
तस्बिर – फाइल ।

लमजुङ । राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो । 

नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको जिउँदो मासुको मूल्य प्रतिकेजी ६ सय रुपैयाँ निर्धारण भएको जनाएको छ । 

दशैं तिहार लक्षित गरी यहि १२ र १३ असोजमा राइनास नगरपालिका( १ बोराङखोला र वडा नम्बर  ८ को भेटघाट चोकमा हाटबजार सञ्चालन हुने भएको छ । यस्तै वडा नम्बर ६ को गौलिटार बगैँचा र वडा नम्बर ४ कुसुन्डे बगैँचामा १४ र १५ असोज  हाटबजार सञ्चालन हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिए ।

विगतका वर्षमा चाडपर्वको समयमा मासु व्यवसायीले मनलाग्दी मूल्य लिएको भन्दै  नगरपालिकाले चाडपर्व लक्षित गरी मूल्य निर्धारण गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ