arrow

सबैले स्वीकारेको स्वभाविक उम्मेदवार हुँ – भण्डारी 

logo
सुनिल आउजी, 
प्रकाशित २०७९ असोज १३ बिहिबार
sunil-kumar-bhandari-congress-kailali.jpg

धनगढी । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफू कैलाली ४ को स्वभाविक उम्मेदवार भएको बताएका छन् । 

उनले कैलाली ४ को उम्मेदवारीबारे फैलाइएका भ्रममा नपर्न नेताकार्यकर्ता र मतदातालाई आग्रहसमेत गरेका छन् । पाँच दलीय गठबन्धनबीच प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ कैलालीका ५ मध्ये तीन क्षेत्र कांग्रेस र दुई क्षेत्र माओवादी केन्द्रलाई दिने सहमति भइसकेको छ । 

कैलाली १, ४ र ५ कांग्रेसको भागमा परेको छ भने २ र ३ माओवादी केन्द्रले पाएको छ । कैलाली ४ बाट नेता भण्डारीसहितको नाम सिफारिस भएको थियो । 

तर गठबन्धनका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा सिफारिस बाहिरका आकांक्षीलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको छ । बिहीबार धनगढीमा पत्रकार भेटघाटका क्रममा ७२ वर्षीय नेता भण्डारीले भने, ‘मेरो साढे पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा मैले २०७४ सालमा पहिलो पटक कैलाली ४ मा कांग्रेसबाट चुनाव लडेँ । तर पराजित भएँ । त्यसपछिका दिनमा म निरन्तर सो क्षेत्रका नेताकार्यकर्ता र जनतामाझ सक्रिय रहेको छु । सो क्षेत्रमा मलाई सबैले स्वाभाविक उम्मेदवारका रुपमा स्वीकार गरिसकेको मैले अनुभव गरेको छु ।’ 

उनले यस पटक मात्रै प्रत्यक्षतर्फको चुनाव लड्ने र त्यसबाहेक अरु कुनै क्षेत्रमा नजाने पनि दोहोर्याए । उनले भने, ‘हुन त म दुई पटक कांग्रेसको केन्द्रीय सदस्य बनेँ । राष्ट्रिय सभा सदस्य पनि बनेँ । तर सक्रिय राजनीतिमा लागेको जोकोहीलाई पनि जनतामाझ आफूलाई परीक्षण गर्ने लक्ष्य हुन्छ नै । मैले पनि जीवनको उत्तरार्धमा आफूलाई जनतामाझ परीक्षण गर्ने चाहना राखेको छु ।’ 
 
उनले आफू यस पटक मात्रै चुनाव लड्ने दोहोर्याए । उनले भने, ‘त्यो क्षेत्रबाहेक म अरु कुनै पनि क्षेत्रमा जान्न । न समानुपातिक, राष्ट्रिय सभा वा अरु कुनै अवसरका लागि इच्छुक छु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ