arrow

अवसर नपाए अर्कै पार्टीमा हाम फाल्ने प्रवृत्ति देखिएको छ : नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
madhavss.PNG

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए अर्कै तीर हाम फाल्ने प्रवृत्तिको अन्त हुनुपर्ने बताएका छन् । 

बिहीबार राजधानीको एक कार्यक्रममा नेपालले यस्तो रोग कम्युनिष्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखा परेको बताए ।

 “अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृत्ति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ”, उनले भने, “हाम्रो मुख्य उद्देश्य नै समाजवाद हो । सबै खालका विभेद, अन्याय अत्याचार, अन्त्य गर्नुपर्छ । त्यसका लागि शक्ति निर्माण गर्नुपर्छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ