arrow

नेपाल देशीविदेशीको क्रिडाभूमि भयो – पूर्वराजा ज्ञानेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रिडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादशैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुन्नत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् ।

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ । उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ