arrow
ADVERTISEMENT

विद्यालयमा आत्मघाती आक्रमण, कम्तीमा १९ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
sucide-bomb-attack.jpeg

काठमाडौं । अफगानिस्तानको राजधानीमा रहेको एउटा शैक्षिक संस्थानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

सिया मुस्लिम बाहुल्य अल्पसंख्यक हजारा समुदायको घर रहेको पश्चिमी काबुलको दश्त ए बर्ची इलाकामा शुक्रबार बिहान भएको विस्फोटमा अन्य २७ जना घाइते भएका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका छन् ।

'विद्यार्थीहरू परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भयो। दुर्भाग्यवश १९ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्,' उनले भनेका छन्।

विभिन्न सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका भिडियोहरू र स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका तस्बिरहरूमा रगतले लतपतिएका पीडितहरूलाई घटनास्थलबाट लगिएको देखाइएको छ।

मारिनेहरूमा हाईस्कूलका केटी र केटाहरू दुवै रहेका छन् । घटना हुँदा विद्यार्थीहरुले काज शिक्षा केन्द्रमा विश्वविद्यालयको इन्ट्रान्स परीक्षा दिइरहेको उनले बताएका छन्। अफगानिस्तानमा शुक्रबार विद्यालयहरू सामान्यतया बन्द हुन्छन्।

'नागरिक लक्ष्यमा आक्रमण गर्नुले शत्रुको अमानवीय क्रूरता र नैतिक मापदण्डको कमीलाई प्रमाणित गर्दछ,' उनले आक्रमणको पछाडि कसको हात रहेको भन्ने कुरा पुष्टि नभएको बताउँदै भनेका छन् ।

घाइते हुनेमा अधिकांश बालिका रहेको एक घाइते विद्यार्थीले बताए । 'हामी कक्षाकोठामा करिब ६०० (विद्यार्थी) थियौं, तर मृत्यु हुनेमा अधिकांश केटीहरू छन्,' पुरुष विद्यार्थीले आफ्नो उपचार भइरहेको अस्पतालबाट एएफपी समाचार एजेन्सीलाई भनेका छन्। तत्काल कुनै समूहले घटनाको जिम्मेवारी लिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ