arrow

चुनाव लड्न क्षेत्रपिच्छे फरक खर्चको हद, प्रदेश सभामा कहाँ कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
election-commission-head-office-building-2022.jpg

काठमाडौंं । चुनाव लड्न निर्वाचन आयोगले प्रदेश सभा उम्मेदवारका लागि खर्चको फरक फरक हद तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको हो । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रदेश सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलले बताए । 

प्रदेश सभाका निर्वाचन क्षेत्रका लागि १५ लाखदेखि २३ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरिएको छ । 

समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा छुट्टै तोकिएको छ । प्रदेशस भाका समानुपातिकका प्रत्येक उम्मेदवारले निर्वाचन प्रचारका क्रममा एक लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । 

यही खर्च प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने उल्लेख छ भने समानुपातिकमा दुई लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ