arrow

नेपाल बाहिर कुन देशमा कसरी बनाउँछन् विदेशीहरुले दशैं ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १८ मंगलबार
Dashian-final.jpeg

काठमाडौं । हिन्दूहरूको महान पर्व दशै नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दू धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आशीर्वाद ग्रहण गर्छन् ।
 
आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा  गरिन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ ।
 
नवरात्रीभर सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । हिन्दूहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् ।
 
कुन देशमा कसरी मनाइन्छ दशैं ?

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दशैं मनाइन्छ । भारतमा विशेषगरी नवदुर्गाको पूजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ ।
 
पश्चिम बंगालमा दशैं नव दुर्गा पूजाको आराधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ ।
 
आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दशैं मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आराधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ ।

गुजरातमा दशैंको अवसरमा गरबा नृत्य गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुइवटा साना–साना रंगाएका  लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घूमेर नृत्य गर्दछन् ।

त्यस्तै, महाराष्ट्रमा पनि देवीको पूजा आराधना गरेर मनाइन्छ ।

कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्री मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन् । नौ भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन् । नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ ।
 
भारतबाहेक बंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दशैं मनाइन्छ । मनाउने शैली केही फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आराधना गर्छन् ।
 
करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दशैं मनाइन्छ ।  नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला  पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दशैं मनाइन्छ  ।
 
बर्मापछि बंगलादेशमा पनि दशैं मनाइन्छ । १६ करोड जनसंख्या भएको बंगलादेशमा १४ प्रतिशत हिन्दू धर्माबलम्बी छन् । त्यहाँ भएका हिन्दू धर्माबलम्बीले नवदुर्गाको पूजा आराधना गर्छन् । बंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टीका लगाउँदैनन् ।
 
त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दूहरूले दशैं मनाउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ