arrow
ADVERTISEMENT

जम्मू–कश्मीरमा डीजी जेल लोहियाको हत्या, टीआरएफले लियो जिम्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १८ मंगलबार
hemant-lohia-jammu-kashmir-killed.jpg

जम्मू–कश्मीर । भारतको जम्मू–कश्मीरमा डीजी जेल (डाइरेक्टर जनरल फ्रम प्रिजन्स) हेमन्त लोहियाको घाँटी रेटेर हत्या भएको छ । सोमबार अबेर राति उनको हत्या भएको हो । हत्यापछि उनको शव उनकै घरमा जलाउने प्रयास भएको थियो । हत्याको १० घण्टापछि मंगलबार बिहान आतंकवादी संगठन द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लोहियाको हत्याको जिम्मेदारी लिएको छ । 

टीआरएफले सामाजिक संजालमार्फत यसको जानकारी दिएको हो । टीआरएफ लश्करसँग जोडिएको आतंकवादी संगठन हो । घटनापछि उनका नोकर यासिर फरार रहेका छन् । खोजी जारी रहेको प्रहरीले जनाएको छ । लोहिया जम्मूको बाहिरी इलाका उदयवाडामा रहँदै आएका थिए । 

उनी सन् १९९२ ब्याचका आइपीएस अधिकारी थिए । उनलाई गत अगस्तमा डीजी जेलका रुपमा तैनाथ गरिएको थियो । 

मिडिया रिपोर्ट अनुसार यासिरले नै उनीमाथि आक्रमण गरेको थियो । केचप (सस) को बोतलले घाँटीमा प्रहार गरिएको हो । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ