arrow

च्याम्पियन्स लिगमा बार्सिलोना पराजित, आयाक्समाथि नापोली बर्सियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १९ बुधबार
inter-milan-2022.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिश क्लब बार्सिलोना पराजित भएको छ । बार्सा इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको हो । 

समूह चरण अन्तर्गत समूह सी को खेलमा मंगलबार राति भएको खेलमा इन्टरले बार्सिलोनालाई १–० ले हराएको हो । इन्टरको जितमा हाकन काल्हानोग्लुले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

खेलको दोस्रो हाफमा बार्साका पेड्रीको गोलले मान्यता पाएन  । गोल अघिको फउलको कारण भीएआरमा उनको गोलले मान्यता नपाएको हो ।

यस जितसँगै इन्टरले ३ खेलमा ६ अंक जोडेको छ । समूह सी को इन्टर दोस्रो स्थानमा रहेको छ । बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

लिग अन्तर्गत समूह ए को खेलमा नापोलीले आयाक्सलाई ६–१ ले हराएको छ । त्यस्तै लिभरपुलले रेन्जर्सलाई २–० ले पराजित गरेको छ । 

समूह बी को खेलमा क्लब ब्रागले एथलेटिको मड्रिडलाई २–० ले पराजित गर्यो । त्यस्तै एफसी पोर्टोले बायर लिभरकुजेनले एफसी पोर्टोलाई २–० ले हरायो । 

समूह डी मा आयनट्राच्ट फ्रयांकफर्टनले टोटनह्याम हट्सपरससँग गोलरहित बराबरी खेल्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ