arrow

टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १९ बुधबार
dashian-tika111.jpg

काठमाडौं । नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आज राजधानीमा चहलपहल देखिएको छ ।
 
महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो । निधारमा रातो टीका र कानमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् ।
 
दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ । राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् ।
 
थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचाकोच भएर यात्रा गर्न यात्रु बाध्य छन् । यस वर्षको दशैंमा झरी परेका कारण भने टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ