arrow

बडादशैंमा आज दोस्रो दिन पनि टीका लगाउने क्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २० बिहिबार
dashian-didibahinee.jpg
तस्बिर– टीका लगाएपछि खुशी साटासाट गर्ने क्रममा दिदीबहिनीहरु ।

काठमाडौं । बडादशैंको टीकाको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी रहेको छ । पहिलो दिन बुधबार विजयादशमीका दिन घरपरिवारमा टीका लगाएकाहरुले आज दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको हो । 

यसपालिको दशैंमा वर्षाका कारण निकै नै कठिानपूर्वक टीका लगाउने काम भइरहेको छ । वर्षाका कारण सडकहरु अवरुद्ध रहेका छन् भने नदीहरुमा पानीको सतह पनि बढेको छ । र पनि टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन अनुसार टीकाको क्रम चलिरहेको छ । 

देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि यो क्रम पूर्वमा पूर्णिमासम्म नै रहने भए पनि पश्चिममा भने एक दिनमात्र टीका लगाउने चलन छ । 

पछिल्लो समय भने समयानुसार चलिरहेको पनि पाइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ