arrow

घुम्न गएका बेला श्रीमानको मृत्यु, श्रीमती बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
Lamjung-hamrakura.jpg.jpeg

लमजुङ । नेपालीको महान् पर्व  दशैंमा ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको  र अर्को एक महिला सम्पर्कविहिन भएकी छिन् । 

सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङअर्थात् दयासागर योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए । मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र निजकी  श्रीमती लमजुङको बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन रहेको उजले जानकारी दिए ।  उनीहरुसहित पाँच जना उक्त स्थान घुम्न गएका थिए । 

बाँकी तीनजना यतिबेला भेडीगोठमा बसिरहेका र उनीहरुको मौसममा आएको  खसाबीका कारण उद्धारमा कठिन भइरहेको प्रहरी नायब उपरीक्षक श्रीमलको भनाइ थियो । सम्पर्कविहीन भएकी शर्मिलाको खोजी गर्न प्रहरीको टोली गए पनि सो स्थानसम्म पुग्न सकेको छैन । 

शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब चार हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए । 

यही असोज १६ गते घुम्न गएका उनीहरुलाई उक्त स्थान पुग्न बेँसीसहरबाट तीन दिन लाग्छ । बास बस्नका लागि सल्लाहबमोजिम तीनजना अघि अघि हिडेका र पछि पछि श्रीमान् र श्रीमती आएको प्रहरीले जनाएको छ । रासस



नयाँ