arrow

ट्रकलाई हिर्काउँदा बसमा आगलागी, १२ जनाको मृत्यु, ३० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
bus-fire-india.jpg

नयाँ दिल्ली । भारतस्थित महाराष्ट्रको नासिकमा एउटा बसमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । 

नासिक–औरंगाबाद राजमार्गमा डिजेल ढुवानी गर्ने ट्रेलर ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो । ‘मृत्यु हुनेमा अधिकांश बसका यात्रुहरू थिए, घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको छ’, नासिकका प्रहरी उपायुक्त अमोल ताम्बेले भने ।  

उनले आगलागीको वास्तविक कारण पत्ता लगाउन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ