arrow

उद्योगमन्त्री बडूले गराए उम्मेदवारी दर्ता

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ असोज २३ आइतबार
dilendra-badhu-nomination-2079.jpg

दार्चुला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठन्बन्धनबाट साझा उम्मेदवारी दर्ता गराएका हुन् । 

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आइतवार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । मन्त्री बडू २०७४ मा समानुपातिकबाट सांसद बनेका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना रहेका छन् । 

यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले प्रदेश क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । 

प्रदेश सभा क्षेत्र नम्बर १ बाट कांग्रेसका बिक्रम सिह धामीले उम्मेदवारी दर्ता गराएका छन् ।



नयाँ