arrow

देवप्रसादले दिए उम्मेदवारी

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ असोज २३ आइतबार
devprasad-timalsena-nomination.jpg

रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट देवप्रसाद तिमल्सेनाले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छ्न् । 

नेता तिमल्सेनाले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ५ हजार २ सय २५ मतान्तरले एमालेका उम्मेदवार डा. बंशीधर मिश्रालाई पराजित गरेका उम्मेदवार हुन् । 

नेता तिमल्सेना क्षेत्र नम्बर ४ का कांग्रेसका प्रभावशाली नेता मानिन्छ्न् । यस पटक पनि उनले मनोनयन दर्ता गरेसँगै कांग्रेसका कार्यकर्तामा उत्साह छाएको छ ।

त्यस्तै रौतहट क्षेत्र नम्बर ४ प्रदेश क बाट माओवादी केन्द्रका नेता युवराज भट्टराई (समीर) ले प्रदेश सभामा उम्मेदवारी दिएका छ्न् । 

सत्ता गठबन्धनको तर्फबाट मनोनयन दर्ता गरेका नेता भट्टराई माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत हुन् । गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टी एक ढिक्का भएर अघि बढ्ने उनले प्रतिक्रिया जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ