arrow

कपिलवस्तु २ मा आचार्यसहित प्रदेश सभामा कांग्रेसकै विक्रम र सुधाकर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
kapilvastu-2-2079.jpg

कपिलवस्तु । आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि कपिलवस्तु क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट सुरेन्द्रराज आचार्यले उम्मेदवारी दर्ता गराइएका छन् । 

आचार्य पूर्व सिंचाइ राज्य मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रीसमेत हुन । सत्ता गठबन्धन अनुसार क्षेत्र नं २ को  प्रदेश सभा निर्वाचन क्षेत्र १ र २ पनि कांग्रेसकै पक्षमा निर्णय भएपछि  क्षेत्रं न २ को १ मा प्रदेश सभाको लागि विक्रम सिंह थापाले उमेद्धारी दर्ता गराएका छन् । 

उनी नेपाल प्रहरीका पूर्व एसएसपी तथा लुम्बिनी प्रदेश कांग्रेस पार्टीका सदस्यसमेत हुन् । त्यस्तै क्षेत्र नं २ को ख मा प्रदेश सभातर्फ सुधाकर पाण्डेयले उमेद्धारी दर्ता गराएका छन् । 

पाण्डेय पूर्व पार्टी सभापति एवं वरिष्ठ अधिवक्ता हुन् । उता नेकपा एमालेको तर्फबाट वृजेशकुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । गुप्ता निवर्तमान सांसद तथा पूर्व कानून मन्त्री हुन् ।  एमालेबाट २ को १ मा प्रदेश सभामा नवराज लामिछने र २ मा निर्वतमान प्रदेश सदस्य धर्मबहादुर लाल श्रीवास्तवले उमेद्धारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ