arrow

मन्त्री सहसरामको भाग्य, जसपा छाडेर कांग्रेसमा आएपछि पाए टिकट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
sahasram-yadav-kapilvastu-congress.jpg

कपिलवस्तु । जनता समाजवादी पार्टी जसपाका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सहसराम यादवले जसपा पार्टी परित्याग गरेका छन् । पार्टी परित्यागपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरी प्रदेश सभाको उम्मेद्धारी दिएका छन् । 

२०७४ सालको निर्वाचनमा कपिलवस्तु १ को ख बाट जसपाबाट निर्वाचित यादव जसपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री बनेका थिए । नेकपा एमालेसँग जसपाले गठबन्धन गरे पनि एमाले मधेसका समस्या समाधानमा मौन तथा नागरिकता विधेयक पास गर्न नदिएको कारण जसपामा नरहेको उनले  बताए । 

साथै यादवले लोकतन्त्रको रक्षा र जनताका समस्या समाधान गर्न लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा गएको उनले बताए । उनले कपिलवस्तु १ को प्रदेश सभा २ मा कांग्रेसको तर्फबाट उम्मेद्धारी दर्तासमेत गराएका छन् ।  

सत्ता गठबन्धनबाट क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका चक्रपाणी खनानले उम्मेद्धारी दिएका छन् । गठबन्धनबाट क्षेत्र नं १ को प्रदेशभा १ मा नेपाली कांग्रेसका डोलकराम घिमिरेले उम्मेद्धारी दर्ता गराएका छन् । नेकपा एमालेबाट क्षेत्र नं १ मा बलराम अधिकारी, क्षेत्र नं को १ प्रदेश सभा १ मा विष्णु पन्थी र २ मा मधुसुधन शरण चौधरीले उम्मेद्धारी दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ