arrow
ADVERTISEMENT

रहेनन् मुलायम सिंह यादव, उत्तर प्रदेशमा तीन दिन राजकीय शोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
narendra-modi-mulayam-singh.jpg
तस्बिर– भारतीय प्रधानमन्त्री मोदी र तीन पटकका मुख्यमन्त्री यादव, फाइल ।

काठमाडौं । भारतीय नेता मुलायम सिंह यादवको निधन भएको छ । समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री यादवको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा आज निधन भएको हो । 

पिसाबमा संक्रमण भएपछि उनको गत २६ सेप्टेम्बरदेखि मेदान्तामा उपचाररत थिए । मुलायमलाई २ अक्टुबरदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो । त्यसपछि अन्तिम समयमा भेन्टिलेटरमा राखिएको थियो ।

समाजवादी पार्टीका अखिलेश यादवले यादवको निधनको पुष्टि गरेका हुन् । उनका अनुसार मंगलबार अनितम संस्कार हुनेछ । मुलायमको निधनमा उत्तर प्रदेशमा तीन दिन राजकीय शोक हुनेछ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मुलायम सिंहलाई श्रद्धाञ्जली दिएका छन् । उनले मुलायम सिंह जमीनसँग जोडिएका नेता भएको प्रतिक्रिया दिएका छन् । 

मुलायम सिंहको प्रतिभा पहिलो पटक प्रजा समाजवादी पार्टीका नेता नाथु सिंहले पहिचान गरेका थिए । जसले २८ वर्षे उनलाई १९६७ को चुनावमा जसवंतनगर विधानसभा सिटको लागि टिकट दिए । उनी राज्यको इतिहासमा सबैभन्दा कान्छो विधायक बनेका थिए । 

उनी तीन पटक मुख्यमन्त्री र सातपटक सांसद बनेका थिए । उनले ५५ वर्षसम्म राजनीति गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ