arrow
ADVERTISEMENT

भारतको नयाँ प्रधानन्यायाधीश चन्द्रचुड बन्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
Supreme-Court-of-India.png

नयाँ दिल्ली । भारतको नयाँ प्रधानन्यायाधीश डि वाई चन्द्रचुड बन्ने भएका छन् । 

वर्तमान प्रधानन्यायाधीश युयु ललितले मङ्गलबार भावी प्रधानन्यायाधीशको रुपमा चन्द्रचुडको नाम सिफारिस गरेका छन् । उनी भारतको ५०औँ प्रधानन्यायाधीश बन्ने भएा छन् । 

उनको कार्यकाल आगामी नोभेम्बर ९ तारिखदेखि सुरु हुनेछ भने सन् २०२४ को नोभेम्बर १० तारिखमा सकिने छ । 

केन्द्रीय कानुन मन्त्रालयले गत हप्ता नै नयाँ प्रधानन्यायाधीश चयनका लागि प्रक्रिया अगाडि बढाएको थियो । मन्त्रालयको आग्रह अनुसार वर्तमान प्रधानन्यायाधीशले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरेका हुन् । 
 
वर्तमान प्रधानन्यायाधीश ललितले भने तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल गत अगस्ट २६ मा सकिएपछि जिम्मेवारी पाएका थिए  । उनको कार्यकाल ७४ दिनको मात्र छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ