- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकै धनाढ्य एलन मस्कले ट्विटरमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न सुझाव दिनुभन्दा अघि उनीसँग कुरा गरेको विषयलाई अस्वीकार गरेका छन् ।
युरेशिया राजनीतिक जोखिम परामर्श समूहका प्रमुख इयान ब्रेमरले मस्कले पुटिनसँगको कुराकानीबारे आफूलाई व्यक्तिगत रूपमा बताएको आरोप लगाएका थिए ।
तर, मस्कले यो कुरा अस्वीकार गरेका हुन् । उनले ट्विट गर्दै भनेका छन्,'मैले पुटिनसँग एक पटक मात्रै कुरा गरेको छु र त्यो करिब १८ महिना अघिको कुरा हो। विषय अन्तरिक्ष थियो ।'
गत हप्ता मस्कले आफ्ना १० करोड भन्दा बढी फ्लोअरहरुलाई युक्रेन युद्ध समाप्त गर्ने विषयमा मत गर्न भन्दै ट्विटरमा एक सर्वक्षणात्मक पोस्ट गरेका थिए ।
त्यसपछि भाइसले मस्कले पुटिनसँग युद्धभन्दा अघि कुरा गरेको रिपोर्ट प्रकाशित गरेको थियो । त्यसको जवाफ दिँदै मस्कले आफूले पुटिनसँग करिब १८ महिनाअघि मात्रै अन्तरिक्ष विषयमा कुराकानी गरेको बताएका हुन् ।