arrow

युक्रेनको पक्षमा नेपालले गर्‍यो मतदान

३५ देश मतदानमा अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
umga-united-nations-general-assembly.jpg
फाइल तस्बिर

काठमाडौं । जारी रुस युक्रेन युद्धमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । युक्रेनको चार वटा क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने रुसी प्रयासको नेपालले भर्त्सना गरेको छ । संयुक्त राष्ट्रसङ्घको साधारण सभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । 

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको हो । बुधवार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । 

यसै गरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रूपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’

उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ