arrow
ADVERTISEMENT

सिङ्गापुरमा लालु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
lalu-singapour.jpg

काठमाडौं । बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव यति वेला सिङ्गापुरमा रहेका छन् । लालु यादवको मिर्गौला सम्बन्धी समस्या छ । उनको दिल्ली एम्समा उपचार भइरहेको थियो । त्यहाँका डाक्टरहरूले सिंगापुरमा उपचार गर्न सल्लाह दिएका थिए। 

लालु यादव मिर्गौलाको उपचारका लागि सिंगापुर पुगेका हुन् । लालु सिंगापुरमा छोरी रोहिणी आचार्यको घरमा छन् । रोहिणीले लालुका केही तस्बिर पनि सेयर गरेकी छन् । 

यसअघि बुधबार बुबा लालु यादवलाई स्वागत गर्न रोहिणी सिंगापुर एयरपोर्ट पुगेकी थिइन् । लालु यादव ह्वीलचेयरमा बसेर विमानस्थलबाट निस्किएका थिए । बुवालाई भेटेर रोहिणीले उहाँको खुट्टा छोएर आशीर्वाद लिइएकी थिइन् । उपचारपछि लालु यादव भारत फर्किनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ