arrow

उपराष्ट्रपति पुन पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
Nanda Bahadur Pun.jpg

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा आएका छन् । भोलि शुक्रबार ४ बजे पोखरा रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनी सहभागी हुनेछन् ।

बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन पोखरा विमानस्थलमा अवतरण गर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । 

उपराष्ट्रपतिको पोखरा आगमनसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उनी उपस्थित हुन सकिनन् ।

गण्डकी प्रदेशका आठै जिल्लामा भोलिदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

शुभारम्भका लागि पोखरा रङ्गशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचार-प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ