arrow

सत्यमोहन जोशीको मुटुको चालमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
satyamohan-Joshi.jpg

काठमाडौं । २० दिनदेखि उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था जटिल रहेको छ । 

किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारी अनुसार अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ । 

यसका साथै १०३ वर्षीय जोशीको मुटुको चालमा पनि समस्या रहेको अस्पतालले जनाएको छ । उनलाई ३० लिटर प्रति मिनेटको दरमा अक्सिजन दिइरहेको छ । 

नियमित उपचार प्रति अस्पतालले कटिबद्ध रहेको जनाउदै शीघ्र स्वास्थ लाभको कामना गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ