arrow

बाइडेनले पाकिस्तान 'सबैभन्दा खतरनाक राष्ट्र' भनेपछि राजदूत झिकाइए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
joe-biden-new.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानलाई आणविक हतियारू भएको विश्वको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक भन्दै आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपतिको यस किसिमको कडा आलोचनापछि पाकिस्तानले अमेरिकी राजदूतलाई सोधपुछका लागि बोलाएको छ ।

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले इमरान खानको नीतिको असफलताका कारण पाकिस्तान सबै मोर्चामा समस्यामा रहेको र आफुहरु सम्बन्ध सुधार र सुदृढ गर्ने प्रयास गरिरहेको बताएका छन् ।

बाइडेनले यस किसिमको टिप्पणी कुनै औपचारिक कार्यक्रम एवं सम्बोधनमा नभनेर प्राइभेट कार्यक्रममा गरेका थिए । बिलावलले  भनेका छन्, ‘हामीले अमेरिकी राजदूतलाई जान्न र स्पष्टीकरण लिन बोलाएका छौं ।’

अमेरिकी राष्ट्रपतिले क्यालिफोर्नियाको लस एन्जलसमा आयोजित डेमोक्रेटिक कंग्रेसनल क्याम्पेन कमिटी रिसेप्शनमा आफ्नो टिप्पणीमा चीन र रुस दुवैको पनि आलोचना गरेका छन् ।

चीन र रुसबारे अमेरिकी विदेश नीतिबारे छलफल गर्दा बाइडेनले पाकिस्तानको बिषय उल्लेख गरेका थिए। आफ्नो अन्तिम बयानमा बाइडेनले पाकिस्तानलाई पृथ्वीको सबैभन्दा खतरनाक राष्ट्र भनेर टिप्पणी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ