arrow

जोशीको शरीर अस्पताललाई दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
satya-mohan-joshi-2079-ashoj-30.jpg
mohan

काठमाडौं ।  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर अस्पताललाई दिइने भएको छ। जोशीको इच्छा अनुसार उनको पार्थिव शरीर अस्पताललाई दिइन लागिएको हो । 

जोशीको पार्थिव शरीर चिकित्सा शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दिइनेछ । उनको शरीर आइतबार अस्पताललाई हस्तान्तरण गरिने भएको छ ।

आज श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकामा १२ बजेदेखि ४ बजेसम्म राखिँदै छ । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा लगायत आफन्त, शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । 

जोशीको आज १०३ वर्षको उमेरमा निधन भएको हो। पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उन पछिल्लो समय डुङ्गेबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ