arrow
ADVERTISEMENT

२४ वर्षपछि कंग्रेस अध्यक्षका लागि मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
sasi-malika.jpg

काठमाडौं । भारतीय कङ्ग्रेसको राष्ट्रिय अध्यक्षका लागि २४ वर्षपछि मतदान शुरु भएको छ । आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अध्यक्ष पदमा मल्लिकार्जुन खर्गे र शशि थरुरबीच प्रतिस्पर्धामा रहेका छन् ।

विगत २४ वर्षमा पहिलो पटक कङ्ग्रेसमा यस प्रकारको मतदान भइरहेको छ । यसअघि सन् १९९८ मा सोनिया गान्धी र जितेन्द्र प्रसादबीच भएको निर्वाचनमा मतदान भएको थियो ।

देशभरका प्रदेश कङ्ग्रेस कमिटी कार्यालयमा ९ हजार प्रतिनिधि मतदाताले मतदान गर्नेछन् । मतदान भौतिक रूपमा हुनेछ । प्रतिनिधिहरूले बुथमा आएर कागजी ब्याटलेमा मतदान गर्नेछन् ।  प्रतिनिधिहरूले अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ