arrow

अक्षयको २६० करोड भारुको विमान गायब 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
akshay-plane.jpg

काठमाडौं । भारतीय अभिनेता अक्षय कुमार सबैभन्दा बढी कर तिर्ने कलाकार मध्ये एक हुन् । अक्षय कुमारले वर्ष भरी धेरै फिल्म खेलेर ठुलै पैसा कमाउँछन् । उनीसँग सुविधा सम्पन्न घ। गाडी रहेको छ । उनको आलिशान घरमा धेरै आकर्षक सवारीसाधन पनि पार्किङ गरिएको देखिन्छ । यसै क्रममा अक्षय कुमारसँग निजी जेट पनि रहेको दाबी गर्ने गरिन्छ ।

अभिनेतासँग एक निजी जेट रहेको र त्यसको मूल्य २६० करोड भारु भएको बताइएको थियो। त्यसको अक्षयलाई राम्रो लागेन र उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक कहानी पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘लायर लायर प्यान्ट अन फायर, बाल्यकालमा यस्तो सुनेको थिए ? तर साँच्चै केही मान्छे अझै ठुला भएका छैनन् ।  र त्यसलाई छोड्ने मुडमा छैन। मेरो बारेमा निराधार केही लेख्नु भयो भने अवश्य जवाफ दिनेछु।' अक्षय कुमारको पोस्टबाट उनीसँग २६० करोडको निजी विमान नभएको बुझ्न सकिन्छ ।

अभिनेताले दिवङ्गत अभिनेता राजेश खन्ना र डिम्पल कपाडियाकी छोरी ट्विंकल खन्नासँग विवाह गरेका छन्। अक्षय र ट्विंकल दुई सन्तान आरव र निताराका आमाबुवा हुन्। अक्षय र ट्विंकलको भेट मुम्बईमा फिल्म फेयर म्यागजिनको सुटिङका ​​क्रममा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ