- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रथम प्रणामी सिंगिङ आइकन रियालिटी शो प्रसारण भइरहेको छ । असोज १३ गते बिहीबारदेखि राति ८ः३० बजे दिव्यदर्शन टेलिभिजन र प्रणामी सिंगिङ आइकनको अफिसियल पेज र फेसबुकमार्फत प्रशारण भइरहेको शो कृष्ण प्रणामी सेवा समिति नेपाल, कृष्ण प्रणामी युवा परिषद नेपाल, कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालको संयुक्त तत्वावधानमा र कृष्ण प्रणामी निजानन्दधाम नजरपुर र कृष्ण प्रणामी नवतनधामको विशेष सहयोगमा भइरहेको हो ।
देश बिदेशबाट धेरैले भाग लिएकामध्येबाट पहिलो चरणमा डिजीटल अडिसनबाट छानिएका १२ जनाबीच प्रतिष्पर्धा भएर लाइभ राउन्डमा जाने भएका छन् ।
जसमा भारतको सिक्किम, दार्जिलिङबाट र नेपालको झापादेखि पश्चिम बर्दिया, भक्तपुर र काठमाडौंबाट छानिएका छन् ।
निर्णायक भूमिकामा प्रणामी सम्प्रदायका गायिकाद्वय शारदा अधिकारी मैनाली र सबिता प्रसाई सापकोटा रहेका छन् ।
नेपालमै आध्यात्मिक क्षेत्रको प्रथम रियालिटी शो हुनुका साथै श्रीकृष्णप्रणामी धर्मका अनुयायीहरmले गाउने कृष्णभजन, श्री तारतमबाणीका पदहरु, बिहान बेलुका गरिने सेवापूजा, परिक्रमा आदि समावेश गरी प्रस्तुत गरिने छ ।
कार्यक्रम संयोजक भोलानाथ दाहालले यो शो परियोजना र निर्देशन नबिन तिमल्सिनाले गरेको बताए ।
भगवान्का रुपमा पुजिने कृष्णको जीवन र उनले मानवहितका लागि गरेका अनेकौं कार्यका स्मरण गर्दै आयोजित भइरहेको हो ।
चौथौ चरणका लागि १० जनाबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक दाहालले बताए
आगामी माघ महिनामा ग्राण्ड फिनाले सम्पन्न हुने यस शोका विजेतालाई नगद तथा विभिन्न आकर्षक उपहारबाट सम्मान गरिने दाहालले जानकारी दिए ।