arrow

युक्रेनमा स्टारलिंकको इन्टरनेट खर्च बेहोर्न पेन्टागनलाई गरेको प्रस्ताव मस्कले लिए फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
elon-musk-starlink.jfif

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले सोमबार स्टारलिंकले युक्रेनको युद्धग्रस्त देशमा स्याटेलाइट ब्रोडब्यान्ड सेवा प्रदान गर्न कोषको लागि पेन्टागनलाई गरेको रकम अनुरोध फिर्ता लिएको बताएका छन् ।

ट्विटरमा बोल्दै मस्कले आधिकारिक रूपमा यसो भन्दै सो प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन् । उनले भनेका छन्,'स्पेसएक्सले पहिले नै कोषको लागि गरेको आफ्नो अनुरोध फिर्ता लिइसकेको छ।'

उनले युक्रेनमा इन्टरनेट सेवाका लागि २५ हजार ३ सय टर्मीनल पठाइएको र १० हजार ६ सय ३० टर्मीनलहरुले मात्रै सेवा वाफत शुल्क तिरिरहेको बताएका छन् ।

केही अघि मस्कले युद्धग्रस्त युक्रेनमा आफ्नो स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा निशुल्क रुपमा दिन अब नसक्ने बताएका थिए । तर, त्यसपछि फेरि उनले सेवा जारी रहने बताएका थिए ।

सोबीच पेन्टागनलाई खर्चका लागि रकम प्रस्ताव कम्पनीले पेश गरेको थियो । तर, अहिले पेन्टागन समक्षको सो प्रस्ताव पनि फिर्ता लिएको मस्कले बताएका हुन् ।

त्यसबेला पेन्टागनकी उपप्रेश सचिव सबरीना सिंहले पनि यस विषयमा अमेरिकी रक्षा विभाग मस्कसँग सम्पर्कमा रहेको जानकारी दिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ