arrow

नेपालमा छायांकन गरिएको 'उचाई' को ट्रेलर सार्वजनिक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
uunchai.jpg

काठमाडाैं । बलिउड चलचित्र 'उचाई' को ट्रेलर सार्वजनिक भएको छ। नेपालमा छायांकन गरिएको उक्त चलचित्र सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा प्रस्तुत गरिएको छ। 

फ्लिममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिनिती चोपडा र डेनी डेंगजोम्पा मुख्य भूमिकामा छन् । 

२ मिनेट ५० सेकेन्डको ट्रेलरमा चार साथीहरु सगरमाथा आरोहण गर्ने विचारमा छलफल गरिरहेका हुन्छन् । तर निष्कर्षमा पुग्नुअघि ड्यानीको बुढेसकालको कारण मृत्यु हुन्छ ।

र बाँकी ३ साथीहरु ड्यानीको इच्छा पूरा गर्न भन्दै उनको खरानी सगरमाथामा विसर्जन गर्ने निर्णय गर्छन् । परिनिती उनीहरूलाई उनीहरूको कार्यको लागि तालिम दिन बोर्डमा आउँछिन्  र अन्ततः उनीहरूले यो सम्भव बनाउँछन्।

ट्रेलर किशोर कुमारको 'ये जीवन है' ब्याकग्राउन्डमा बज्दै अन्ततः आफ्नो महत्वाकांक्षा पूरा गर्दै अन्त्य हुन्छ।

नेपालको शोलुखुम्बु र मुस्ताङ्गमा छायांकन गरिएको फ्लिम 'उचाई' कार्तिक २५ गते रिलिज हुनेछ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ