arrow
ADVERTISEMENT

६ हजार ८ सय बढी मतान्तरले खड्गे बने कङ्ग्रेसको अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
sasi-malika.jpg
शशि थरुर र मल्लिकार्जुन खड्गे

काठमाडौं । भारतीय कङ्ग्रेसको राष्ट्रिय अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी शशि थरुरलाई पराजित गर्दै मल्लिकार्जुन खड्गे निर्वाचित भएका हुन् । 

थरुरलाई ६ हजार ८ सय २६ मतान्तरले खड्गे निर्वाचित भएका हुन् । खड्गे ७ हजार ८ सय ९८ मत ल्याउँदा थरुरले १ हजार ७२ मत ल्याएका थिए । कङ्ग्रेसका ९ हजार ७ सयमध्ये ९ हजार ५ सय प्रतिनिधिले चुनावमा मतदान गरेका थिए।

विगत २४ वर्षमा पहिलो पटक कङ्ग्रेसमा यस प्रकारको मतदान भएको हो । यसअघि सन् १९९८ मा सोनिया गान्धी र जितेन्द्र प्रसादबीच भएको निर्वाचनमा मतदान भएको थियो ।

सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले खड्गेको उम्मेदवारीलाई समर्थन गरेका थिए । दलित समुदायका खड्गे कर्नाटका राज्यका बासिन्दा हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ