arrow

३२ वर्षपछि अनिल कपूर र माधुरी दीक्षितको फिल्मको रिमेक बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
Untitled-1.jpg

काठमाडौं । सन् १९९० मा रिलिज भएको अनिल कपूरको फिल्म जमाई राजाको रिमेक बन्ने भएको छ । फिल्ममा माधुरी दीक्षित, अनिल कपूर र हेमा मालिनी पनि महत्त्वपूर्ण भूमिकामा थियो । 

फिल्मलाई दर्शकले राम्रो साथ दिएका थिए र सुपरहिट साबित भयो । जमाई राजामा माधुरी र अनिल कपूरको जोडीलाई दर्शकले निकै माया दिएका थिए । अब यो फिल्मका निर्माताले जमाई राजाको रिमेक बनाउने मन बनाइसकेका छन् ।

शेमारु इन्टरटेनमेन्टले भारतीय मिडिया इन्टरटेनमेन्ट नेटवर्कसँग हात मिलाएको छ । शेमारू इन्टरटेनमेन्टले भारतमा ४०० भन्दा बढी फिल्म बनाएको छ । यो भारतको सबैभन्दा पुरानो मनोरञ्जन कम्पनीहरू मध्ये एक हो।

'जमाई राजा' तेलुगु फिल्म 'अट्टाकु यामुडु अम्मायीकी मोगुडु' को हिन्दी रिमेक थियो। जसको कथा सासू र ज्वाइँमा आधारित थियो । यो एक सामाजिक कथामा आधारित भएको हुनाले सोही वर्ष यसलाई तमिलमा 'मपिलाई' नामले पनि रिमेक गरिएको थियो। 

तमिल फिल्ममा रजनीकान्त जस्ता स्टारले मुख्य भूमिकामा अभिनय गरेका थिए । संयोगवश, दोस्रो पटक तमिलमा बनेको फिल्ममा रजनीकान्तका ज्वाइँ धनुषको भूमिका थियो ।

अब बलिउडमा भने अनि कपुर पछाडि कसलाई राख्ने हो त्यो हेर्न बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ