arrow

नबिल फोनलोन मार्फत बिना धितो २ लाख सम्म कर्जा लिन पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
nabil-fone-lona-2-lakh-2079.jpg

काठमाडौँ। नबिल बैङ्कले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ। यसअघि नबिल फोनलोनको सीमा  एक लाख रुपैयाँ रहेकोमा त्यसलाई बढाएर अब  २ लाख रुपैयाँ पुर्‍याइएको छ। यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ।

नबिल बैङ्क, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैङ्क हो। अब नबिल बैङ्कमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैङ्कसँग आबद्ध क्यूआर मर्चेन्ट हरु पनि फोनलोनका लागि योग्य हुने छन्। यसअघि भने नबिल बैङ्कमा तलब खाता भएकाहरूले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए।

यस्तै, नबिल बैङ्कले फोनलोनका अफरहरूलाई पनि अपग्रेड गरेको छ। अब यस्तो लोनका लागि योग्य ग्राहकहरूले नबिल स्मार्ट बैङ्क एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन्। बैङ्कले ग्राहकहरूको सुविधाका लागि ‘अहिले किन्नुहोस् पछि तिर्नुहोस्’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको बैङ्कले जनाएको छ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेक आउटको बेला ‘अहिले किन्नुहोस् पछि तिर्नुहोस्’ को विकल्प रोज्न सक्छन्।

आफ्ना फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोनलोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ। यस अन्तर्गत नबिल बैङ्कले कुनै पूर्व भुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिन्छ।

‘नेपालमा बैङ्किङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानुनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैङ्कका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख नीरज बस्नेत (डनिल)ले बताए। ‘हालैका दिनहरूमा हाम्रो जोखिम बहन क्षमता बढ्दै गए पनि, हामीले धितोमा आधारित ऋणबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ। यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’  उनले थपे । ‘हामी यो प्रडक्टको प्रभावकारिता, साथै ग्राहकको मागप्रति पनि विश्वस्त छौ, यही कारण पनि नबिलले फोनलोनको सीमा र योग्य समूहको दायरा बढाएको हो,’ उनले प्रस्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ