आयरल्यान्डसँग पराजित भएसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिर
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
981
Shares
फाइल तस्बिर
काठमाडौँ। दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ। शुक्रवार भएको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि वेस्ट इन्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो। आयरल्यान्ड भने सुपर १२ मा प्रवेश गरेको छ।
निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो। १४७ रनको लक्ष्य पाएको आयरल्यान्डले एक विकेटको क्षतिमा १५० रन बनाउँदै सुपर १२ को स्थान सुरक्षित गरेको छ।