arrow

इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन एसिया प्रशान्तको उपाध्यक्षमा राई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
6HeNhSkuwN181119094907.jpg
तस्विर: फाईल

काठमाडौँ । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई निर्वाचित भएका छन् । 

फिलिपिन्सको राजधानी मनिलामा अक्टोबर १६ देखि १९ सम्म आयोजित सम्मेलनमा नेपालका राई उपाध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनमा इन्टरनेशनल फेडेरशनसँग आवद्ध रहेका एशिया प्रशान्त क्षेत्रका २५ देशका ट्रेड युनियनका प्रतिनिधि सहभागी रहेका थिए ।

एशिया क्षेत्रका दुई सय १४ प्रतिनिधि सम्मिलित सम्मेलनले जापानका सुमिनो सानलाई अध्यक्षमा निर्वाचित गरेको छ । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्त क्षेत्रमा विश्वका एक सय ५० देशमा रहेका सात सय युनिय फेडेरेशनसँग आवद्ध छन् । फेडेरेशनमा विश्वभरमा करिब दुई करोड सदस्य रहेका छन् ।

बेलायतस्थित लण्डनमा मुख्यालय फेडेरेशनले पानीजहाज, सडक यातायात, रेल यातायात, हवाई यातायात, पर्यटन, बन्दरगाहलगायतका क्षेत्रमा कार्यरत श्रमिकका पक्षमा काम गर्दै आएको छ । सम्मेलनले विश्वस्तरीय ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआइ) बारे आफ्नो घोषणापत्रसमेत जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ