arrow

ओलीमाथि नेपालको प्रश्न- मलाई कामै गर्न दिइएन भन्न लाज लाग्दैन ?

ओली सुध्रिने वाला छैनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
madhav-kumar-nepal-cpn-us.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले क्षतविक्षत भइसकेको संविधान र मासिइसकेको गणतन्त्रलाई आफूहरूले बचाएको उल्लेख गर्दै संविधान र गणतन्त्रको रक्षा तथा विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताएका छन् ।   

बुटवलमा आयोजना गरिएको पाँच दलीय सत्ता गठबन्धनको कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीको अहङ्कार र एकाधिकारबाट मुलुकलाई मुक्त गरेको बताउँदै त्यसमा आफूले गर्व गरेको भनाइ राखे ।

“उनलाई देशको कुनै मतलब छैन, जनताको केही मतलब छैन, मलाई कामै गर्न दिइएन भन्नुहुन्छ”, उनले भने, “मलाई कामै गर्न दिइएन भन्न लाज लाग्दैन ?, प्रचण्ड जी यहीँ हुनुहुन्छ, हाम्रा सल्लाह सुझाव पचेन, केपी ओली सुध्रिने वाला हुनुहुन्न ।” ओलीको अहङ्कार र एकाधिकारवादकै कारण एमालेले प्रतिगामी शक्तिहरूसँग साँठगाँठ गरेको उनको भनाइ थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ