arrow

सशस्त्रको गाडी ब्रेक फेल भएर दुर्घटना, चालक जवानसहित दुईको मृत्यु, छ जना घाइते 

logo
मणि गैह्रे, 
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
accident-final-1618290232.jpg

 
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका – ३ मा सशस्त्र प्रहरी बल बेस क्याम्प पिपराको गाडीले ब्रेक फेल भएर ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पैदल यात्री र एक जना सशस्त्र प्रहरीका जवान रहेका छन् ।

ब्रेक फेल भएर साइकल यात्रुलाई सो गाडीले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको छ । ब्रेक फेल भएको गाडी सडकको छेउँको घरमा गएर ठोक्कीन पुगेको थियो । 

घटनामा सशस्त्रका ६ जना घाइते भएका छन । उक्त दुर्घटनामा चालक रमेश चौधरी र साइकलमा सवार स्थानीय अमर तङनामीको मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ