arrow

महासंघको चन्द्रागिरी बैठकबाट चन्द्र ढकालको घोषणा

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
Chandra-Dhakal.jpeg
काठमाडौं। नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल वाणिज्य महासंघको नेतृत्व परिवर्तनका लागि चैत्रमा हुने महाधिवेशनको चर्चा र तयारी दुवै शुरु भएको छ। महाधिवेशनको तयारीका सिलसिलामा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको चुनाव भटाभट हुन थालेको छ। विभिन्न जिल्लामा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको चुनाव समेत भएका छन्। नेतृत्वका आकाँक्षीहरु आफ्नो चुनावी रणनीति सहित जिल्लाहरुमा पुग्न थालिसकेका छन्। जिल्ला तथा नगर नेतृत्वहरुसँग केन्द्रीय नेतृत्वका आकाँक्षीहरुको उठवस शुरु भइसकेको छ। 
 
केन्द्रीय नेतृत्वका आकाँक्षीहरु विधान आफ्नो अनुकुल वनाएर महासंघको नेतृत्व आफ्नो हातबाट अन्त जाने नदिने कसरतमा लागेका छन्। विधान समितिका संयोजक चण्डी ढकालको भुमिका यहाँ के हुने हो र उनले कस्तो भुमिका निर्वाह गर्ने हुन भनेर धेरैले उनलाई हेरिरहेका छन्। उनी पनि आफूमाथि सदस्यहरुले सहयोग गर्ने हुनकी असहयोग गर्ने हुन भन्नेमा अझै पनि अन्यौलमा छन्। धेरै उनको अगाडी खुलेर बोल्ने आँट गर्न सकिरहेका छैनन तर भित्रभित्रै उनले प्रस्तावित गर्ने खाकामाथि महासंघको कार्यसमितिका पदाधिकारी र सदस्यहरुले व्यापक चर्चा भने गर्न थालेका छन्। 
 
अहिले केन्द्रिय अध्यक्ष कसरी हुने भन्नेमा महासंघमा दुई खेमामा रहेकाहरुको अलग अलग मत छ। यसअघी सुरज वैद्यको कार्यसमितिले बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने गरेको प्रस्तावलाई सो समयमा विरोध गरेकाहरु अहिले सोहि प्रस्ताव पारित गराउन लागिपरेबाट महासंघको राजनीति पेचिलो बनेको छ। त्यतिखेर जो समर्थनमा थिए उनीहरु विरोधमा र जो विरोधमा थिए उनीहरु समर्थनमा रहने विरोधाभाषपूर्ण अवस्था महासंघमा देखिएको छ। यसले महासंघमा विधानको कुरामा अन्यौल बढाएको छ। यो अन्यौल स्थानिय संघहरुमा समेत पुगेको छ। विधानको यहि एजेण्डा धनगढीमा भएको वैठकमा समेत उठेको थियो। त्यहाँ महासंघका नेताहरुको अगाडी केन्द्रीय समितिका पदाधिकारीहरु र सदस्यहरु तै चुप मै चुप रहे। खासै विधानमाथि चर्चा भएन। थप छलफलको आवश्यकता महशुस गरि वैठक सकाइएको थियो। तर अन्यौल भने वैठकमा सहभागिहरुबीचमै पनि देखियो। यहि अन्यौलका बीच महासंघको अर्को वैठक बस्ने तय भयो। सो वैठक भदौ २७ गते अध्यक्ष पशुपति मुरारकाको गृहनगर लाहानमा गर्ने निर्णय भयो। निर्णय भयो लाहानको तर वैठक भने सोमबार काठमाडौंमा हुँदैछ।  
 
लाहानको वैठक सर्यो चन्द्रागिरीमा 
धनगढीको वैठकपछि महासंघको वैठक सिराहाको लाहानमा गर्ने तयारी थियो। महासंघका अध्यक्ष पशुपति मुरारकाको गृहनगर लाहानमा उनले वैठक गर्ने तयारी गरेका थिए। सबै तयारी समेत भएको थियो। तर अचानक त्यो वैठक लाहानबाट काठमाडौंमा हुने भयो। महासंघकै केन्द्रीय सदस्य चन्द्र ढकाल संलग्न पर्यटकीय केन्द्र चन्द्रागिरीमा हालै निर्मित होटलमा वैठक बस्ने गरि ढकालले सबै तयारी गरे। आफ्नो नयाँ परियोजनामा उनले महासंघको कार्यसमितिका सबैलाई एकैपटक स्वागत गर्ने तयारी पनि गरे। यहि योजना अध्यक्ष सहितका सबैलाई ढकालले के राखेका थिए लहानमै गर्ने भनेर निर्णय गराएर बसेका मुरारका केन्द्रीय समितिको वैठक नै चन्द्रागिरीमा सार्न राजी भए। 
 
चन्द्रागिरीबाट चन्द्र ढकालको घोषणा
महासंघका केन्द्रीय सदस्य चन्द्र ढकाल महासंघमा एशोसियट्सका तर्फबाट सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय समितिमा पुगेका हुन्। उनी महासंघमा गनिएका थोरै प्रभावशाली मध्येका एक हुन्। अध्यक्षको गृहनगर लाहानमा तय भइसकेको वैठक चन्द्रगिरीमा हुनुलाई महासंघमा उनकै यहि वढ्दो प्रभावलाई देखाएको छ। अबको महासंघ नेतृत्वमा पनि उनी एशोसिट्सका तर्फबाट उपाध्यक्षका उम्मेद्वारका रुपमा अगाडी आउने एक केन्द्रीय सदस्यले बताए। ढकालले पनि आफ्ना निकटहरुसँग यो बारेमा परामर्श गरिसकेका छन्। यहि वैठकबाट ढकालले कार्यसमितिका सदस्य र पदाधिकारीहरुमाझ एशोसियट्सको उपाध्यक्षको उम्मेद्वारीको तयारीका बारेमा सम्भवत जानकारी गराउनेछन्। सबै व्यवसायीहरुसँग राम्रो सम्वन्ध भएका ढकालको उम्मेदवारीलाई धेरैले सहजै स्विकार्ने महासंघका केन्द्रीय पदाधिकारीहरु र सदस्यहरु समेत बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ