arrow

रुस, उत्तर कोरिया र पाकिस्तानले दिए सी चिनफिङलाई बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
putin-xi.jpg

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को लिडरको रूपमा सी चीनफिङ तेस्रो कार्यकालका लागि ऐतिहासिक रुपमा निर्वाचित भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार आफ्ना चिनियाँ समकक्षीलाई बधाई दिएका छन् ।

क्रेमलिनको एक विज्ञप्ति अनुसार पुटिनले भनेका छन्,  ूहाम्रा देशहरू बीचको रणनीतिक सहयोगलाई सुदृढ गर्ने उद्देश्यले हाम्रो रचनात्मक वार्ता र निकट साझा कार्य जारी राख्न पाउँदा खुसी हुनेछु । यस्तै पुटिनले सीको प्रगतीको कामना पनि गरेका छन् ।

अर्कोतर्फ उत्तर कोरियाका नेता किम जोङ उनले पनि सीलाई चीनको नेतामा फेरि निर्वाचित भएकोमा बधाई दिएको त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएले उल्लेख गरेको छ ।

रुस र उत्तर कोरिया बाहेक पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले पनि सीलाई बधाई सन्देश पठाएका छन् । सी फेरि निर्वाचित हुनु चीनका जनताप्रतिको उनको अटल भक्तिको सम्मान भएको उनको भनाइ छ ।

शरीफले ट्वीट गर्दै भनेका छन्,'सम्पूर्ण पाकिस्तानी राष्ट्रको तर्फबाट म राष्ट्रपति सी चीनफिङलाई तेस्रो कार्यकालका लागि सीपीसीको महासचिवका रूपमा फेरि निर्वाचित भएकोमा बधाई दिन्छु।'

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा सीलाई पार्टीको महासचिवका रुपमा छनोट गरिएको र उनलाई 'अधिवेशनमा सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्ष पनि नियुक्त गरिएको' जनाएको हो।

आफु फेरि निर्वाचित भएपछि सीले प्रेससँग कुरा गर्दा ूविश्वलाई चीन चाहिन्छू भनेका छन् । उनले भनेका छन्,'विश्वविना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ। सुधार र खुलापनका लागि ४० वर्षभन्दा बढीको निरन्तर प्रयासपछि हामीले दुईवटा चमत्कार बनाएका छौं– द्रुत आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरता।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ