arrow

पन्चर भएर मालीमा थन्कियो निगमको विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
Nepal-Airlines-new.jpeg

काठमाडौं । नेपाल वायुसेवा निगमको विमान अफ्रिकाको मालीमा अलपत्र परेको छ । निगमको सगरमाथा नाम गरेको विमान पन्चर भएपछि मालीमा थन्किएको हो । 

गत बुधबार शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर सगरमाथा माली गएको थियो । त्यहाँ पुगेपछि विमानको एउटा पाङ्ग्रा पन्चर भएको थियो । पाङ्ग्रा फेर्न नसकेर मालीको गाओ विमानस्थलमा विमान अड्किए छ । 

जहाज अड्किँदा निगमलाई दैनिक करोडौं घाटा भइरहेको छ । मालीका लागि शनिवार काठमाडौंबाट कार्गो गरेर दुइटा पाङ्ग्रा पठाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ