arrow

रुकुम पूर्वका बागीलाई माओवादीले गर्‍यो कारबाही, गठबन्धनको पक्षमा उभिन निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
maobadi-bagi-karbahi-rukum-purba.jpg

रुकुम पूर्व । नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा बागी उम्मेदवारी दिने आफ्ना पार्टीका नेतालाई कारबाही गरेको छ । अध्यक्ष सुदर्शन बराल र इन्चार्ज चक्रपाणी खनाल बलदेवले हस्ताक्षर गरेको पत्रमा विद्यार्थी संगठनका नेता तथा बागी उम्मेदवार केशव रावललाई कारबाही गरिएको उल्लेख छ । 

उनीसँगै पार्टीको हित र नीति विपरीत कार्य गरेको भन्दै प्रदेश कार्यालय सदस्य रामसुर बुढा मगर, प्रदेश सचिवालय सदस्य पुनिराज घर्ती, प्रदेश सदस्यहरु सुरुल पुन र संगम रोका तथा सिस्ने गाउँ समिति सचिवालय सदस्य चन्द्रराज झाँक्री, जिल्ला समन्वय समिति सदस्य कालिप्रसाद रोकालाई कारबाही गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ । 

पत्रमा पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनका सबै उम्मेदवारहरुलाई अत्यधिक मतले विजय बनाउन सम्पूर्ण मतदातालाई अनुरोध गर्दै एकीकृत भई निर्वाचनमा होमिन पार्टी पंक्तिलाई अपीलसमेत गरिएको छ । 

रुकुम पूर्वबाट गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी (डीबी) आधिकारिक उम्मेदवार हुन् । केशव रावलले विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएपछि माओवादीले कारबाही गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ