arrow

आजको १० वर्षपछि फेरि लक्ष्मीपूजाको दिन लाग्नेछ सूर्यग्रहण

२२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ८ मंगलबार
surya-grahan-solar-eclipes.jpg.jpeg

काठमाडौं । आज साँझ आंशिक सूर्यग्रहण लाग्दै छ । सूर्यग्रहणका कारण हिजो लक्ष्मीपूजा थियो भने भोलि गोवर्धन पूजा रहेको छ । यस वर्ष ग्रहणका कारण दीपावली र गोवर्धन पूजामा एक दिनको अन्तर छ । 

अब दश वर्षपछि दीपावलीका दिन फेरी सूर्यग्रहण लाग्ने छ । २०७९ पछि दीपावली र सूर्यग्रहणको योग २०८९ कार्त्तिक १७ गते मा बन्नेछ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ र बेलुकी करिब ६:४५ बजे छोड्नेछ ।

यस पटक दीपावलीमा सूर्यग्रहण र बुध, बृहस्पति, शुक्र, शनि आ–आफ्नो राशिमा रहेकाले विगत १३ सय वर्षमा यस्तो योग बनेको छ । यो ग्रहण नेपालका अधिकांश भूभागमा देखिने र यसको सुतक बिहान ४ बजेदेखि सुरु भएको छ । 

शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४: ५२ बजेदेखि भोजन गर्नु हुँदैन ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको वेबसाइटका अनुसार आजको सूर्यग्रहण युरोप, उत्तर–पूर्वी अफ्रिका, मध्यपूर्व, पश्चिम एसियामा देखिनेछ । यो सूर्यग्रहणपछि  यही महिनाको २२ गते मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । 

औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।  यो एसिया, अष्ट्रेलिया, प्रशान्त महासागर र अमेरिकामा देखिनेछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ