- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पञ्जाबी गायक सिद्धु मुसेवालाको यसै वर्ष गोली हानी हत्या गरिएको थियो । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले सो हत्या प्रकरणलाई लिएर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा पञ्जाबी पार्श्व गायिका अफसाना खानलाई ग्याङस्टार आतङ्कवादी सिन्डिकेट मुद्दामा एनआईएले सोधपुछ थालेको छ ।
एनआईए टोलीले अफसानाबाट मूसेवाला काण्डमा संलग्न गुण्डाहरूको सम्बन्धको बारेमा जानकारी प्राप्त गरेको थियो। एनआईएले मूसेवालाको हत्यामा अफसानाको भूमिका रहेको आशङ्का गरेको छ। मुसेवालाले अफसानालाई दिदी मान्दै आएका थिए । एनआईएले बम्बिहा गिरोहसँग अफसानाको सम्बन्ध रहेको आशङ्का गरेको छ।
आक्रमणकारीले एके–४७, एके–९४ लगायतका अन्य हतियारबाट करिब ३० राउण्ड फायर गरेका थिए । यस हत्याकाण्डको जिम्मेवारी गिरोहका नेता लरेन्स बिश्नोईका सहयोगी ग्याङ्स्टर गोल्डी ब्रारले लिएका थिए । सोही समूहले अभिनेता सलमान खानको ज्यान लिने समेत धम्की दिएको थियो ।