arrow

कुमारी बैङ्कको विशेष योजना : मुद्दती खाता खोल्दा निःशुल्क जीवन बिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
kumari-bank-fixed-diposited-insurance-2079.jpg

काठमाडौँ। नेपालमै पहिलो पटक कुमारी बैङ्कले जीवन बिमा सुविधा सहितको कुमारी जीवन बिमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ। सो योजना अन्तर्गत बैङ्कले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधा निःशुल्क प्रदान गर्ने छ। यस योजना अन्तर्गत ग्राहकहरूले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बिमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्ने बैङ्कले जनाएको छ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्युतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन्। सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँ सम्मको जीवन बिमा सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले निक्षेप अवधि सम्मका लागि जीवन बिमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दती रकममा दुई देखि १० गुणा सम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बिमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी रहेको छ।

मुद्दती निक्षेप तथा जीवन बिमा दुवै सुरक्षित आर्थिक भविष्यको महत्त्वपूर्ण साधनका रूपमा मानिँदै आएका छन्। कुमारी बैङ्कले पहिलो पटक यी दुई महत्त्वपूर्ण साधनहरूलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरू माझ प्रस्तुत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ