arrow

मुद्रामा लक्ष्मी र गणेशको तस्बिर होस्, दुवैको आशीर्वाद भए अर्थव्यवस्था सुध्रिन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
kejariwal_photo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय मुद्रामा लक्ष्मी र गणेशको तस्बिर छाप्नुपर्नेमा जोड दिएका छन् । उनले केन्द्र सरकारलाई मुद्रामा लक्ष्मी र गणेशको मुद्रा छाप्नका लागि अपीलसमेत गरेका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै केजरीवालले दिपावलीमा लक्ष्मीपूजा गर्दै गर्दा यो सोच आएकोसमेत सुनाएका छन् । 

उनले देशको अर्थव्यवस्था कमजोर हुँदै गएको उल्लेख गर्दै अहिले पनि भारत विकासशील राष्ट्र रहेको स्मरण गराएका छन् । उनले भने, ‘हामी आज पनि विकासशील नै छौं, गरिब नै छौं ।’

केजरीवालले भारत धनी देश बनोस् भन्ने चाहेको उल्लेख गर्दै भारतले धेरै प्रयास गर्नुपर्ने जरुरी रहेको बताए । 

उनले सबैले लक्ष्मी र गणेशको पूजा गर्नुपर्नेमा जोड दिए । ब्यापारीले आफ्नो कोठामा लक्ष्मी र गणेशको मूर्ति राख्ने गरेको स्मरण गराउँदै उनले केन्द्र सरकारसँग भारतीय मुद्रामा लक्ष्मी र गणेशको मूर्ति छाप्न आग्रह गरे । 

उनले भने, ‘मुद्रामा गान्धीजीको तस्बिर त रहनै पर्यो तर दोस्रोतर्फ लक्ष्मी र गणेशजीको तस्बिर पनि चाहियो । ताकि अर्थव्यवस्थामा यिनीहरुको आशीर्वाद मिलोस् ।’
 



नयाँ