arrow

रहेनन् रक एण्ड रोल स्टार जेरि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
jerry-lee-lewis.jpg

काठमाडौं । ‘रक एण्ड रोल’ स्टार जेरि ली लेविसको ८७ वर्षको उमेरमा निधन भएको छ । उनले ‘ग्रेट बल द फायर’ जस्ता गीत गाएका थिए । उनी आफ्नो आउट्रेजियस स्टाइल र व्यक्तिगत जीवनका लागि चिनिएका थिए । जेरी सन् १९५० को दशकमा लोकप्रिय थिए ।

जेरि एक रक रिबेलका रुपमा उदाएका थिए र मानिसको ध्यान आफूतिर आकर्षित गर्न सफल थिए । उनले आफूलाई ‘द किलार’को उपाधि दिएका थिए । उनको गीत वासनाले भरिएको हुन्थ्यो । उनको करियर सन् १९५८ मा सकिएको थियो । उनले १३ वर्षकी कजिनसँग विवाह गरेका थिए । जबकी उनको यसअघि नै एक श्रीमती थिइन् ।

यो घटनापछि उनको इंग्ल्याण्डको शो रद्ध भएको थियो भने रेडियोले कालो सूचीमा राखेको थियो । जेरीले सन् १९६० को दशकमा आफूलाई कमव्याक गराए । तर उनलाई लागुऔषध र मदिराको लत लागिसकेको थियो । यही घटनाका कारण उनले कानूनी लडाई लड्नु परेको थियो ।

उनले मायरा गेल ब्राउनसँग विवाह गरेका थिए । मायराले उनीमाथि शारीरिक र मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् । यही कारण मायराले आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

जेरिका गीत निकै रुचाइएका गीतमा पर्छन् । उनका गीतले दर्शकमाझ एउटा छाप नै छोडेको थियो । उनको फ्यान फलोइङ पनि धेरै थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ