arrow

साँघुरो सडकमा भागदौड हुँदा १४९ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
soul-case.jpg

काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलमा शनिवार राति हलोविन मनाउने क्रममा भागदौड हुँदा १४९ जनाको मृत्यु भएको छ । घटनामा १५० जना घाइते भएका छन् । तीमध्ये धेरैलाई हृदयाघात भएको छ। मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ । 

राजधानी सोलको एक नाइट स्पटमा ठूलो सङ्ख्यामा हलोविन मनाउनका लागि मानिसहरू जम्मा भएका थिए । रिपोर्टका अनुसार करिब १ लाख मानिस भेला भएका थिए । नेशनल फायर एजेन्सीका एक अधिकारी चोई चेओन-सिकले साँघुरो सडकमा भीड जम्मा भएको कारण घटना भएको बताए।

मृत्यु भएका अधिकांश किशोर-किशोरी रहेका छन् । भागाभाग हुन थालेपछि प्रहरीलाई समेत उक्त भागदौड रोक्न मुस्किल परेको थियो । घटनाका घाइते मध्ये करिब ५० जनालाई सीपीआर दिइएको मिडिया रिपोर्टले जनाएको छ । आपतकालिन विभागका अनुसार सास फेर्न समस्या भएपछि मानिसहरूले कलहरू गरेका थिए । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई राम्रो उपचार गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। यससँगै चाडपर्व स्थलको सुरक्षाको समीक्षा गर्न पनि आग्रह गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन‚ बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले उक्त दुर्घटनाप्रति चिन्ता व्यक्ति गर्दै समवेदना प्रकट गरेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ