arrow

हेलोविन पर्वमा भागदौड हुँदा दक्षिण कोरियामा कम्तीमा १५१ जनाको मृत्यु, ८२ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
halloween-accident-korea.jpg

 सोल । दक्षिण कोरियाको राजधानी सोलमा हेलोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ५१ जनाको मृत्यु भएको छ ।  एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा  ८२ जना घाइते भएको अधिकारीहरूलाई उधृत गर्दै बीबीसीले लेखेको छ ।  

मृतकमा १९ जना विदेशी हुन् । सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको हेलोविन उत्सवमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।

द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातभन्दा ठीक अघि दर्जनौं मानिस एक होटलनजिकै बेहोस भएका थिए । एक घन्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसहरुलाई ह्दयाघात भएको थियो । 

भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवतीहरु रहेको प्राप्त विवरणमा जनाइएको छ । भागदौडका कारण ठूलो मानवीय क्षति भइरहँदा घटनास्थलमा १४० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ