arrow

त्रिपाठीलाई छाडेर क्रम हुसेन कांग्रेसमा, भित्र्याए विनोद चौधरीले  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
binod-chaudhary-kram-hussain-susta.jpg

नवलपरासी । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य क्रम हुसेन पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले सुस्ताको ठाडिघाटमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विनोद चौधरीले हुसेनलाई पार्टीमा प्रवेश गराएका हुन् ।

स्थानीय निर्वाचनमा आधिकारिक उम्मेदवारलाई छोडी अन्यलाई सघाएको र पार्टीभित्रै आफूलाई उपेक्षा गरिएको क्रम हुसेनले बताएका छन् ।

क्षेत्र नम्बर १ कै उम्मेदवारसमेत रहेका त्रिपाठीले आफूलाई सधै प्रयोग गरेको र संगठनको भविष्यसमेत नरहेकाले आफूले देशको जिम्मेवार पार्टी कांग्रेस रोजेको उनले सुनाए । 

त्रिपाठीको विचार र पार्टी फरक भए पनि एमालेको चुनाव चिन्ह लिएर चुनाव लड्दै आएका छन् । २०७४ सालमा पनि उनले सूर्य चिन्ह नै लिएका थिए । 

सुस्तामा क्रम हुसेनसहित अन्य दलबाटसमेत कार्यकर्ताहरुलाई नेता चौधरीले कांग्रेसमा प्रवेश गराएका छन् । 

समानुपातिकमा दुई पटक सांसद बने पनि प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार बनेका चौधरी गाउँ गाउँ घुम्दा स्थानीयले आशा बढेको बताउँदै आएका छन् । 

अरुले स्वार्थ पूरा गर्ने तर चौधरीले उक्त क्षेत्रको विकास गर्नेमा स्थानीय आशावादी भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ